www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीमाथि आक्रमण गर्ने रवि लामिछानेका १० समर्थकमाथि मुद्दा दर्ताको तयारी

काठमाडौं ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धान लागि हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरु दिनहुँ प्रदर्शनमा उत्रिएका छन् । रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरी कार्यालय लगेको दिन पनि प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए ।

ढुंगामुढाका कारण पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रदर्शनकारीको प्रदर्शन नरोकिएपछि निषेधित क्षेत्र नै निर्धारण गरिएको छ ।निषेधित क्षेत्र पनि प्रदर्शनकारीले बेलाबेला तोडेपछि प्रहरीसँग झडप भइरहेको छ । मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

जिल्ला अदालतले फेरि पाँच दिन रविसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका थिए ।प्रहरीमाथि आक्रमण गर्ने ६ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस मध्ये चार जना मंगलबार धरौटीमा रिहा भए । चार जनालाई प्रहरीले पाँच सय धरौटीमा १ भदौमै रिहा गरिसकेका थिए । तर, बाँकी १० जनालाई भने मुद्दा चलाउने तयारी भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.