www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीलाई घुस दिन खोज्दा फन्दामा

पोखरा
ताण्डव न्यूज

कोत्रेबाट ढुङ्गा लिई बेगनासतर्फ आउँदे गरेको ग १ ख ३०२४ नम्बरको मिनिट्रकका चालक र सहचालक आज (बुधबार) दिउँसो पक्राउ परेका छन् ।

मिनिट्रकका चालक सोलुखुम्बु घर भई पोखरा–१०, हस्पिटलचोक बस्ने भक्तबहादुर मगर र सहचालक सिन्धुपाल्चोक घर भई पोखरा–१४, चाउथे बस्ने मनकुमार जोशी पक्राउ परेका हुन् ।

Batas

सिआरभी शिसुवाबाट प्रहरी सहायक निरिक्षक केसबहादुर कुमालको नेतृत्वमा खटिएको टोलिले अनुगमनको क्रममा पक्राउ परेको इलाका प्रहरी कार्यालय शिसुवाका डिएसपी गोविन्द पुरीले बताए ।

सवारी चेकजाँचका क्रममा सहचालकले बिना लाईसेन्स मिनिट्रक चलाउँदा प्रहरीले सवारीको काजगपत्र माग्दा चालकले सवारी इजाजत पत्र भित्र दुई सय रुपैयाँ राखी घुस दिन प्रयास गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहचालक जोशीले सोधपुछको क्रममा चालकले नै सवारी चलाउन दिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार राति पृथ्वीचोकमा मापसे गरी बा ७९ प १०५८ नम्बरको हर्नेट मोटरसाइकल सवार अनिल थापालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले घुस दिन खोज्दा पक्राउ गरेको छ ।

पोखरा–१७ बिरौटा बस्ने थापाले चेकिङमा खटिएको प्रहरीलाई प्रलोभनमा पार्न एक हजार रुपैयाँ दिन खोज्दा प्रहरीले पक्राउ गरेको बताएको छ ।

थापालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाम पठाईको र निजलाई सार्वजनिक अपराध अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता खड्गबहादुर खत्रीले बताए । ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.