www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी हबल्दार माथि गोली प्रहार

 

 

 

लहान ।

अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।

Batas

सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

घाइते हबल्दार यादवलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ भने गोली हानी फरार भएकाको खोजी भइरहेको उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.