www.tandavnews.com
Fact ~ In search of truth

‘गाउँघरतिर सहकारी शिक्षाको ज्ञान बाड्नुपर्छ’

प्राइम बहुउद्देश्यीय सहकारीको वर्तमान अवस्था र कारोबार कस्तो छ ?

वर्तमानको अवस्था हेर्दा सन्तोषजनक नै छ । अहिले हामी लगभगलगभग अरबको कारोबारमा पुग्दैछौं । अहिले अल्लि बजारको अवस्थापनि पहिलाको पनि नाजुक बन्दै गइरहेको छ । हाम्रोमा सेयर सदस्य ८ सय ५१ जना छन् । पोखरामा तीनवटा सेवा केन्द्र रहेको छ ।

अरु भन्दा यो सहकारी किन भिन्न छ ?

Batas

फरक त अवस्य नै छ । अन्यले सहकारी भनेर बचत तथा ऋणको मात्र कारोबार गर्नुभएको छ । हामीले विस्तारै उत्पादन, कृषि उपजतिर पनि लागेका छौं । त्यसको लागि बाख्रापालन सुरु गरेका छौं । लेखनाथ अर्घौैमा भन्डै ३५ रोपनी जग्गामा भाडामा लिएर सुरु गरेका छौं । एक करोडभन्दा माथिको लगानीमा दुई वर्ष पहिले सुरु गरिएको बाख्रापालनमा ९० वटा बाख्रा छन् । अहिले एलोबेरा जुसको पनि उत्पादन गरेका छौं ।

सहकारी क्षेत्रमा भएका प्रमुख समस्याहरु के–के छन् ?

मुख्य समस्या त अस्वस्थ प्रतिस्पर्धा नै हो । नियमनकारी निकायबाट हुने नीति नियमले गर्दा अल्ली अफ्ठ्रो भएको छ । करको दायरा लगायतका कुराहरु छन् जसले गर्दा त्यसैमा बाधिनुपर्छ । जसले गर्दा खुलेर काम गर्न नपाइने अवस्था छ । मन्त्रालय तिर सार्ने कुरा पनि छ, यसले कठिनाई भन्दा पनि एकरुपता ल्याउनेछ ।

सहकारीको आगमी कार्ययोजनाहरु र उत्पादनशील क्षेत्रमा कसरी विस्तार गर्दै हुनुहुन्छ ?

योजना विस्तारै बनाउँदैछौं । तत्कालिन अवस्थामा बाख्रापालनलाई व्यवस्थित गर्दै गएर बल्ल अर्को उत्पादनमा हात हाल्ने सोच बनाएका छौं ।

अहिले सुरुआत हो, धेरे कुराको अनुभव पनि लिनुपर्छ । अहिले उत्पादन भएकालाई नै व्यवस्थित गर्ने हो । योजनबद्ध ढंगले उत्पादनतिर पनि लागिरहनेछौं ।

गाउँगाउँमा सहकारी पु¥याउने अभियनका अफ्ठ्याराहरु के के छन् ?

नाफामूलक तिर धेरै दौडियो भने गाउँतिर सहकारी लान सकिँदैन् । गाउँमा बैंकको पहुँच त्यति हुँदैन त्यसैले पनि सहकारी नै खोज्ने गर्छन् । यसको लागि पहिला शैक्षिक स्तरमा नै विकास हुनुपर्छ । हरेका ठाउँमा गएर सहकारी शिक्षा हुन जरुरी छ ।

सहकारी पनि नितान्त क्षेत्र छुट्याएर काम गर्न पनि सक्नुपर्छ । यसको लागि सहकारी शिक्षा सम्बन्धी तालिम गाउँगाउँ पुगेर दिन पर्ने आवश्यक छ । यसमा कति सहकारीले गर्नुपनि भएको छ भने कतिले सहरमा मात्र सेवा विस्तार गर्नुभएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.