www.tandavnews.com
Fact ~ In search of truth

प्राइम सहकारीको निशुल्क आँखा शिविर

पोखरा
ताण्डव न्यूज ।

प्राइम सहकारीको निशुल्क आँखा शिविर सम्पन्न भएको छ । ९औँ वार्षिकोत्सवको अवसरमा सहकारीले आइतबार आँखा शिविर सञ्चालन गरेको हो ।

हिमालयन आँखा हस्पीटलको सहयोगमा सञ्चालीत शिविरमा ३११ जनाको आँखा परिक्षण गरिएको छ ।उनिहरुलाई निशुल्क औषधी र चस्मा समेत दिइएको सहकारीले जनायो । साथै, मोतियाविन्दु भएकाहरुलाई अपरेसनको व्यवस्था समेत गरिएको छ ।

Batas

नीदेश कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २६का वडाध्यक्ष नारायण प्रसाद बराल प्रमुख अतिथि रहेका थिए । संस्था व्यवस्थापक निरु थापाले कार्यक्रम संचालन गरिन् ।

सवा अर्वको कारोबार रहेको संस्थाको लेखनाथ र बगरमा सेवा केन्द्र रहेको छ भने प्रधान कार्यालय गैह्रापाटनमा छ ।

बचत तथा ऋण,एलोभेरा,बाख्रा फार्म,गाईफार्ममा लगानी गर्दै आएको सहकारीले आधुनिक बैंकीङ्क प्रणली अवलम्बन गर्दै पोखराको लेकसाइमा एटीएम संचालन ल्याएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.