www.tandavnews.com
Fact ~ In search of truth

बाढीपहिरो प्रभावितलाई उचित क्षतिपुर्ति दिन अनेरास्ववियुको माग

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्राकृतिक प्रकोपबाट प्रभावितलाई क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

केही दिन देखि निरन्तर परेको वर्षाको कारण देशैभर गरि हाल सम्म ४८ ले ज्यान गुमाएका छन भने २५ घाईते भएका छन् ।
यस बाढी पहिरोको प्रकोपबाट ज्यान गुमाउने परिवारलाई ५ लाख रुपैयाँ, घरवारबिहिन परिवारलाई १ लाख रुपैयाँ र घाइते भएकाहरुको निशुल्क उपचारको व्यवस्था गर्न अनेरास्ववियूले सरकार सामु जोडदार माग गरेको छ ।

Batas

यसैबीच अनेरास्ववियूले आफ्ना सबै तहका कमिटी नेता, कार्यकर्ता र समर्थकलाई बाढीपहिरो पिडितको उद्धार र राहतमा जुट्न आग्रह गरेको छ ।

प्राकृतिक विपदको यस अवस्थामा सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई कुनै कसर नछाडि प्रभावकारी ढंगले राहत र उद्धारमा खटिन अनेरास्ववियूले अपिल गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.