www.tandavnews.com
Fact ~ In search of truth

प्रेमवियोगको गीत ‘पिरती’ सार्वजानिक (भिडियो सहित)

पोखरा,
ताण्डव न्यूज ।

सन्तोष सुवेदी र अनिता पन्तको स्वरमा ‘पिरती’ नामक गीत सार्वजानिक भएको छ । प्रवेश पौडेलको लय र दीपक अधिकारीको शब्दमा तयार भएको गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् ।

भावना सोलुसनको प्रस्तुतिमा बजारमा आएको गीतको छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका छन् । गीतको भिडियोमा चर्चित मोडल महेन्द्र गौतम, स्मृति खवास र राधाकृष्ण बसौलाले अभिनय गरेका छन् । भिडियोमा पोखराका सुन्दर दृश्यलाई कैद गरिएको छ ।

गीतका संगीतकार प्रवेश पौडेलले माया गर्दा गर्दै छुटेको जोडि बाध्यतामा छुटिएपछि आफ्नो मन आफै सम्हालने प्रयास गीतबाट भएको बताए । प्रवासमा रहेका पौडेलले गीतले सबैको मन छुने बताए । सर्जक दीपक अधिकारीले प्रेम विछोडको कथा गीतमा प्रस्तुत गरिएको सुनाए ।

गायक सुवेदीले गीत रेकर्ड गर्दा अत्यान्त आनन्द आएको सुनाए । गायिका अनिता पन्तले गीतबाट निकै आशा लागेको बताइन् । यसअघि पन्तको पन्जेबाजाको गीत ‘बाजाको धुनैमा’ बजारमा ल्याएकी थिइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.