www.tandavnews.com
Fact ~ In search of truth

प्रेस युनियन पर्वतमा माया अधिकारी

 

 

पर्वत ।

नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचाँै अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

Batas

कूल खसेका ६० मतमध्ये मायाको पक्षमा ३० मत परेको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी उत्तम अधिकारीले पनि ३० मतनै प्राप्त गरेका थिए । अध्यक्षका दुवै उम्मेदवारको मत बराबर परेपछि गरिएको गोलाप्रथाका क्रममा माया पहिलो दुई वर्षे कार्यकालका लागि अध्यक्ष बनेका छन् भने पछिल्लो दुई वर्ष उत्तमले जिम्मेवारी लिने प्रेस युनियन पर्वतले जनाएको छ । प्रेस युनियन जिल्ला शाखाको कार्यावधि चार वर्षे हुनेछ ।

त्यसैगरी कार्यसमितिको खुला उपाध्यक्षमा रोशन तिवारी, समावेशी उपाध्यक्षमा ठाकुर रसाइली, सचिवमा साजन परियार, कोषाध्यक्षमा रामकृष्ण लामिछाने र सहसचिवमा सङ्गीता क्षेत्री चयन भएका छन् । सदस्यमा देवराज पुरी, विष्णुप्रसाद तिवारी, कामना रेग्मी, मीना पराजुली, मुना शर्मा लामिछाने रहेका छन् ।

केन्द्रीय पार्षद्मा छविलाल तिवारी, इन्द्रकुमार विकल्प, गणेशबहादुर क्षेत्री, गोविन्द अधिकारी, रामप्रसाद शर्मा, हरिनारायण रेग्मी, ओमप्रसाद घायल, विश्वप्रकाश प्रसाइँ, सरस्वती शर्मा जिज्ञासु, मुना भुसाल, इन्दीरादेवी शर्मा र विष्णु गौतम चयन भएको अध्यक्ष मायाले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.