www.tandavnews.com
Fact ~ In search of truth

फरार अभियुक्त १० वर्ष पछि पक्राउ

दमौली ।

हत्या अभियोगमा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी तनहुँले १० वर्षपछि पक्राउ गरेको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी स्थायी घर भई व्यास नगरपालिका–१ तालघरे बस्ने सागर परियार दमौलीबाट पक्राउ परेका हुन् । विसं २०५९ माघ ९ गते राति व्यास नगरपालिका–११ बस्ने तिलबहादुर परियारलाई फलामको रडले हानेर घाइते बनाएको अभियोगमा सागर फरार थिए ।

Batas

घाइते तिलबहादुरको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो । सो घटनामा संलग्न बाबुराम परियार र सुवी परियार भने सोही समयमा पक्राउ परेका थिए । दुवै पुर्पक्षका लागि थुनामा छन् ।

निजलाई कानूनबमोजिम कारवाहीका लागि अदालत पेश गर्नुपर्नेमा कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहेकाले खुलेकै दिन पेश गरिने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।        रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.