www.tandavnews.com
Fact ~ In search of truth

फागुन १० गतेदेखि देशभर ‘ब्वाइफ्रेण्ड’

पोखरा,
ताण्डव न्यूज ।

बुढाथोकी फिल्म्स प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘ब्वाइफ्रेण्ड’ फागुन १० गतेदेखि देशभरी प्रर्दशनी हुने भएको छ ।

रिलिज डेढ नजिकिदै गर्दा फिल्म युनिट आज (मंगरबार¬) प्रचारप्रसारको लागि पोखरा आएको थियो । फिल्मको बारेमा जानकारी दिँदै निर्माता कृष्णा खनालले ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड रिलेसनको कथालाई फिल्ममा देखाउन खोजिएको बताए ।
‘फिल्म लभ स्टोरिमा आधारित छ,’ उनले भने, ‘फिल्मले भरिपूर्ण मनोरञ्जन गराउनेछ ।’नायक पुस्कर रेग्मीले धेरै क्यारेक्टरको फिल्म खेलेको भएपनि यस क्यारेक्टरमा भने पहिलो अनुभव रहेको बताए ।
‘फिल्ममा मेरो लभर ब्वाइको क्यारेक्टर छ,’ उनले भने, फिल्मले समाजमा एउटा राम्रो म्यासेज दिन खोजेको छ ।’

प्लस टु पढ्ने विद्यार्थीहरुलाई टार्गेट गरि फिल्म बनेको नायिका महिमा सिलवालले जानकारी दिइन् ।फिल्ममा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिलवाल, मञ्जु श्रेष्ठको भुमिका रहेको छ । लगभग ८० लाखमा निर्माण भएको फिल्मको काठमाडौँ, चितवन, सौराह आदि ठाउँहरुमा छायांकन गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.