www.tandavnews.com
Fact ~ In search of truth

फागुन २१ भित्र बन्छ कानुन :अध्यक्ष तिमिल्सिना

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै देशका तीन ओटै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने दावी गरेका छन्।

महिलाहरुको ब्यवस्थापनमा मात्र संचालित पर्वतको रेडियो दिदीहिनीको आयोजनामा हिजो आइतबारदेखि शुरु भएको ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

संविधानले व्यवस्था गरेका सवै कानून र ऐनहरु फागुन २१ भित्रमा आउने तयारी भैरहेको र संघ, प्रदेश तथा स्थानीय तहका लागि आवश्यक ऐन कानून पनि अहिले द्रुत गतिमा निर्माण भैरहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ । सरकार संचालनका लागि आवश्यक पर्ने ऐन र कानुनहरु निर्माण भएपछि कुनै पनि तहले काम गर्नबाट रोकिनु नपर्ने अध्यक्ष उनको दावी छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले अहिले धमाधम स्थानीय र प्रदेशकै लागि आवश्यक कानूनहरु बनाईरहेको पनि उनले बताए ।

लामो समयपछि मुलुकले स्थिर सरकार पाएको बेलामा मुलुकको समृद्धिका लागि काम गर्न कुनैपनि कठिनाई र बाधा उत्पन्न नहोस् भनेर नै सवैजसो कानूनहरु सम्पन्न गर्ने तयारीमा सदनका बैठकहरु नियमित बसिरहेको पनि अध्यक्ष तिमिल्सिनाले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नागरिकहरुको आर्थिक विकासमा सरकार केन्द्रित रहेको बताए । अब डलरको दरमा नागरिकहरुको आर्थिक विकास गर्ने गरी सरकारले काम गरेको बताउँदै मन्त्री लम्सालले पर्यटन, जल, जमिन, उर्जा र बनजंगलको एकीकृत उपयोगबाट मात्रै समृद्धि सम्भव रहेको उनको भनाई छ ।

रेडियोको आयोजनामा भएको महोत्सव दश दिनसम्म संचालन हुने छ । महोत्सवमा राष्ट्रिय स्तरको महिला भलिवल प्रतियोगिताको साथै अन्य बिभिन्न प्रतियोगिताको साथै कृषि प्रदर्शनी पनि राखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.