www.tandavnews.com
Fact ~ In search of truth

फिर्केदेखि बुलौदी सम्म सफाई, १० टन फोहोर

पोखरा।

पोखरामा जारी बृहत सफाई अभियान अन्र्तगत १२९ औँ श्रृखला सम्पन्न भएको छ ।

हिजोको सो श्रृखलामा पोखरा–५ जिरो किमी फिर्केदेखि पोखरा ६ र ७ को सिमाना बुलौदी खोलासम्म सरसफाई गरिएको हो ।पोखरेली जनसमुदायको सक्रियतामा गरिएको सो सफाईका क्रममा झण्डै १० टन फोहोर मैला संकलन भएको थियो ।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यस पटकको सफाई अभियानमा पोखरेलीमाझ परिचित वडा सचिव लोकदर्शन कोईरालाले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए भने वडा नं. ५ का वडा अध्यक्ष धन बहादुर नेपालीले सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका थिए ।

यस अघि सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले आफ्नो घर वरपर सफा राख्ने दायित्व सवैको भएको हुदाँ घर, टोल सफा राख्न आग्रह गरेका थिए ।

उनले भने– ‘अटेर गरि जथाभावि टोल फोहर गर्ने कार्य गरेमा जो कसैलाई पनि कानुनको दायरामा ल्याईनेछ, त्यसैले समाजको हित विपरितका गतिविधि नगर्नुहोस् र नगराउनुहोस् ।’

यस पटकको सफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वडा नं. ५, ६ र ७ का वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, पोखरा महानगरपालिका कार्यालय, मुक्तिनाथ बिकास बैंक, स्थानिय युवा क्लव तथा आमा समूहहरु, टोल विकास समिति, विभिन्न सामाजिक संघसंस्था, टोलवासी लगाएत सामाजिक अभियन्ताहरुले ऐक्यबद्धता जनाएका थिए ।

साथै उक्त सफाई अभियानमा सन्चो मेडीकलका संचालन कृष्ण पाण्डेले ५ प्याकेट डिस्पोजल पन्जा र ३ प्याकेट मास्क सहयोग गरेका थिए ।

आगामी हप्ताको सफाई कार्यक्रम पोखरा महानगरपालिकाको कार्यालय अगाडीबाट शुरु हुने जनाईएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.