www.tandavnews.com
Fact ~ In search of truth

‘फिर्के खोलाको अतिक्रमण हटाउने अभियानमा छौं’

पाेखरा
ताण्डव न्यूज ।

हाल कुन योजनामा व्यस्त हुनुहुन्छ ?

यतिबेला आर्थिक बर्ष २०७५/७६ को समापन सँगसँगै आर्थिक बर्ष ०७६/७७ को लािग बार्षिक नयाँ योजनाहरुको तयारीका लागि अन्तरक्रिया र छलफलमा छौ ।

Batas

घोषणा पत्रमा दिएअनुसार के–के कामहरु गर्नुभयो ?

घोषणा पत्रमा दिएअनुसार हाम्रो पहिलो प्राथमिकताको काममा जेष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र, हाइवेका सुरक्षाका लागि स्वल्यार लाइट राख्ने, ट्राफिक कार्यालय भवन सहित स्थापना र अनुगमन गर्ने, रोड ब्यारियर, सामुदायिक विद्यालयको स्तर उन्नतीका लागि भौतिक पूर्वाधारमा विकासका काम, जसमा सूचना पाटीलाई व्यवस्था गर्ने, सीसी क्यामेरा राख्ने, धुलोमैत्री कक्षा कोठा, भवन व्यवस्थित, छात्राहरुको हकमा सेनेटरी प्याड वितरण, छात्रा–छात्रहरुलाई स्वास्थ्य मनोविज्ञान परामर्श गर्ने सँगसँगै शौचालयहरुलाई बालमैत्री बनाउने यी सबै योजनाका कामहरु वडाले गरिराखेको छ ।

गर्न नसकेका कामहरु के–के छन् ?

घोषणा पत्रमा लेखेको तर, पूरा गर्न सम्भावना नभएको एउटै मात्र काम गण्डकी प्रदेश सरकारको कार्यालय हामै्र वडामा राख्ने प्रयत्न गरेका थियौ, ठाउँ परिस्थितका हिसाबले यस्तो गर्न सकिएन । तर अरु सबै बन्न सक्ने आधारमा देखिन्छ । जस्तै अब हामी आकशे पुलको कन्सेष्टमा छौ, यसको लागि पाचौँ नगरसभाबाट सर्वेको लागि प्रस्र्याङमा डिपियार बनाउने कुराको निर्णय भएको छ ।

वडागत बजेटको अवस्था कस्तो छ ? यसमा तपाई कत्तिको सन्तुष्टि हुनुहुन्छ ?

यसको लागिएउटा प्रदेश सांसदबाट हामीलाई बजेट आउँछ, दोस्रो महानगरीय स्तरीय योजनाहरु अन्तरगत महानगरबाट हुने कामहरु पर्दछन् भने अर्काे वडा स्तरीय बजेट हो । यो वडा स्तरीय बजेट अन्तर्रगत जनताबाट जनसहभागिताका हिसाबले गरिने कामहरु छन, जसमा हामिले बहुृउद्देश्य क्रियापूर्ति भवन बनाउँदैछौ ।

यसका लागि महानगरबाट ७ लाख र जनाताबाट झण्डै १० लाख उठाइसकेका छौ । महानगरका योजना, वडाका योजनाहरु जनताबाट सहभागी भएका योजनाहरु सबै हाम्रै वडाका योजनाहरु अन्तर्रगत खर्च गर्ने योजनाहरु पर्दछन । अघिल्लो बर्षको कुरा गर्दा जगगाको विवादमा तयारी कम भएकाले दुईवटा योजनाहरु पूरा गर्न सकेनौ । अरु वडाको दाजोमा, हामी बनाउँछौ हाम्रो वडा भन्ने अभियानबाट हामीले ५०÷५० प्रतिशत योजनाहरुमध्येबाट पाँच वटा योजनाहरु पूरा गरिसकेका छौ ।

जसमा सात वटा योजनमा जनाताहरुले पनि चासो देखाएको हुनाले ५० प्रतिशत जनता र ५० प्रतिशत महानगरपालिकाको सहभागितामा सम्पन्न हुनेछ ।पहिलो कुरा बजेटमा भन्दा पनि कार्यक्रममा सन्तुष्टि हुनुपर्ने हुन्छ । कार्यक्रमको हकमा सबै काम यहि कार्यकालमा सकिन्छ भन्ने हुँदैन, तर समग्रमा हामीले सन्तुलन मिलाउँदै हरेक क्षेत्रमा उत्साह जनक लागिरहेका छौ । भौतिक विकासका कामसँगै मानवीय सम्वेदनशीलता देखि सशक्तिकरणका सबै क्षेत्रहरुमा वडा लागिरहेको छ ।

महिला तथा खेलकुदका क्षेत्रमा वडाले कसरी टेवा पु¥याएको छ ?

महिला सशक्तिकरणका लागि हामीले उपमेयरसँग प्लास्टिक मुक्त पोखरा बनाउनका लागि सहयोग पुग्नेगरी कपडाका विभिन्न झोलाहरु बनाउने तालिम सम्पन्न गरिसकेका छौ । समूहगत महिलाहरुको सहभागितामा महानगरकोचार लाख सहयोगबाट खाद्य सामग्री प्याकेजिङ गर्ने कार्यालय पनि पारम्भ गरिदिएको छ ।

यसैले वडा नं ५ महिला सशक्तिकरणको पक्षमा पनि लागिरहेको छ । खेलकुदका कार्यक्रममा पनि प्रथम रवीन्द्र अधिकारी स्मृति भलिबल प्रतियोगिताहरु पनि हामीले भर्खरै सम्पन्न गरेका छौ । बालबालिकाको क्रिकेट प्रतियोगिताहरुमा वडा संलग्न देखिन्छ ।७० प्रतिशत भौतिक विकासका काममा लागेका छौ भने, ३० प्रतिशत हामीले अन्य विकास योजनामा खर्च गरेका छौ ।अब बिस्तारै भौतिक पूर्वाधारका कामहरु कम हुने र सशक्तिकरणका योजनाहरुमा बढी बजेट बिनियोजन हुँदै जाने वडाले व्यवस्था मिलाएको छ ।

महानगरपालिका भित्रै भएपनि वडाहरु तुलानात्मक रुपमा विकसित देखिदैन नि, किन होला ?

महानगरपालिकामा पहिलाका १८ वडा, त्यसपछि बृद्धि भएर उपमहानगरपालिका, फेरि लेखनाथ महानगरपालिका बनाइयो, निर्वाचन पछि नाम लामो भएर पोखरा महानगरपालिकाको रुपमा परिभाषित गरिएको हो । अहिले ३३ वटा वडा रहेको छ, जसमा नगरपालिका अन्तरगत रहेका १० वटा वडा थिए, उपमहानगरपालिका अन्तरगत अरु वडाहरु थिए ।

ती सबै वडाहरु मिलेर ३३ वडा मिलेर बनेको हो । कतिपय वडाहरु तीनवट वडा मिलेर पनि अहिलेको महानगरपालिकाको वडा बनेको छ । ग्रामीण वडाको एउटा परिचय छ, हाम्रो जस्तो वडाहरु कोर सिटीको हिसाबमा विकसित देखिन्छ । यिनीहरुको भौगोलिक धरातल पनि यर्थातको छैन, नगरपालिका घोषण भएको हिसाबमा पनि भर्खर गाविस नगरपालिका घोषणा हुने बित्तिकै वडामा गाबियो र महानगरपालिकाको स्वरुपमा आयो । त्यसैले हाम्रो अवस्था, संरचना पनि एउटै छैन त्यसैले पनि फरकफरक खालको समस्याहरु देखिएका छन् ।

वडा नं ५ को सडक अपाङ्गमैत्री नभएको स्थानीयहरुको गुनासो छन, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

यसलाई हामीले ध्यान दिनुपर्छ, हामी आएपछि मात्रै चार देखि पाँच बाटोहरुलाई फुटट्रयाक सहितको बाटो निर्माण भएको छ । प्रस्र्याङको धारापानि जाने सडक पनि मुखमा थोरै काम बाँकी छ, अरु लगभग निर्माण कार्य पूरा भएको अवस्था छ । हामीले बिस्तारै दुवै तर्फदेखि फुटट्रयाक्ट सहितको बाटो निर्माण गर्दैछौ ।

फुटट्रयाक्ट बाटोले अपांगमैत्री सुरक्षित हुन्छ, पैदालयात्री र दुर्घटना पनि न्युनिकरण हुन्छ । कतिपय दिर्घकालिन रुपमा नसोचदिनाले बाटो मात्रै निर्माण भयो, जहाँ ढलको व्यवस्था थियो थिएन, त्यसमा फुटट्रयाक्ट अनिवार्य थियो, थिएन भन्ने कुराको अवलोकन नभइदिनाले यस्तो अवस्था आएको हो । त्यसमा वडाको महत्वपूर्ण ध्यान जानेछ ।

हाम्रो मेयर ज्यूले पनि ठाउँ–ठाउँमा बाटो बनाउनुहुन्छ भने पलराकिलो बाटोसंगै ढल, नाला व्यवस्थित र फुटट्रयाक्ट सहितको बाटो निर्माण गर्ने कुरालई महत्व दिनुपर्ने बताउनु भएको छ । यसमाहामीले पनि जोड गरेका छौ, तर पब्लिकहरु पनि त्यसको बारेमा जागरुकता भइसक्नु भएको छ ।

महानगरपालिकाको प्रवक्तासँगै ५ नम्बर वडाको अध्यक्ष भएको नाताले पनि फिर्के खोलाको मापदण्ड विपरीत बनाइएको संरचना माथि कारबाही हुन किन सकेको छैन ?

यसको बारेमा फिर्के खोला नै होइन, यो सामान्य खहरे टाइपको हो, पानी पर्ने सिजनमा ठूलो पानि बग्छ भन्ने एउटा तर्क छ । अब त्यहाँ जुन भोलुममा पानि बग्छ यसले निमत्याउन सक्ने खतरा हामीले पटक–पटक देखेका छौ । फिर्के खोलाको दायाबाँया अव्यवस्थित बसोबास गर्ने स्थानीयहरुलाई समस्या भएर वडाले रातारात उद्धार गर्नुपरको अवस्था पनि छ, भने अर्काे फिर्केको प्रदुषण हो, जुन निकै डरलाग्दो छ ।

त्यहाँको प्रदुषण सिधै फेवातालमा गएर मिसिन्छ, जसले गर्दा पर्यटनको मुख्य स्रोत रहेको फेवाताल नै हराउने कुरामा सबै चिन्तित छौ । त्यसो हुनाले फिर्केको मापदण्डले धेरै अप्ठ्यारो पारेको छ, त्यसलाई वडाले स्वीकार गरेको छ, त्यसलाई संरक्षण गर्दै फुटट्रयाक बनाउने, वरपर हारियाली बनाउने योजनाहरु पनि वडाले गरेको छ ।

फिर्के वरपर जसको लालपूर्जा छ,उनीहरुलाई महानगरपालिका अथवा सरकारले मुआब्जाको सहित क्षतिपूर्तिको व्यवस्था गरि अगाडि बढ्ने हो । अतिक्रमणको कुरामा त्यसलाई हटाउने अभियानमा छौ । कतिपय सुकुमबासीको रुपमा बस्दै आएका जुन सुकुमबासी हुन या होइनन बन्ने कुराहरु बाँकी भएका र बास्तबिक सुकुमबासीलाई भने यो ठाउँ उपयुक्त नभएकाले अर्काे ठाउँमा सार्न पर्ने कामहरु पनि अध्ययनमा आएको छ ।

मुख्य सडक फेवा मार्गको ढल निकास, सडक निर्माणमा किन ढिलाई भएको हो ?

यसका लागि यो बर्षमा हामीले साढे ३ लाख बजेट विनियोजन गरेका छौ । महानगरको रातो किताब तयारी हुने लगतै पहिलो काम त्यही बाट सुरु हुनेछ । अघिल्लो बर्षको बजेटले नगुग्ने भएकाले कामलाई निरन्तरता दिइएन ।

त्यसको लागि तीनपटक महानगरपालिकाको सरसफाई शाखाबाट मजदुरीहरु गएर आवश्यक इकुपमेन्ट प्रयोग गरी सरसफाई गरेपनि सेती सिचाँइको पानी बग्ने हुनाले अवरोध पैदा हुनेगर्छ । त्यहाँ नहरको बीचमा खानेपानिको पाइप छ,जसले त्यो पाइपमा केहि अड्किने हुनाले बाटोमा समस्याहरु आइरहेको छ ।

त्यसैले स्थानीयहरु समस्यामा परेका छन, हामीले त्यसलाई अनुगमन गरेका छौ, तर यसलाई सम्पूर्ण रुपमा हटाउने हामीले बजेट विनियोजन गरेका छौ । अबको कहि समयपछि त्यहाँका समस्याबाट स्थानीयहरु मुक्त हुनुहुन्छ ।

अबको तनि बर्षका योजनाहरु के–के छन्?

वडा नम्बर ५ मा ५ हजार मतदाताहरु छन भने,करिब १६ हजार यहाँको जनसख्या छ । झण्डै ५० हजार मानिसहरु बाहिर बस्छन्, वडा नम्बर ५ शिक्षाको क्षेत्रमा पनि अगाडि छ, यो कृषिजन्य वडा पनि हो । त्यसले गर्दा हामीले आरन संरक्षण्को कामलाई पनीअगाडि बढ्यौ । पाँच भन्दा बढी गाईवस्तु पाल्नेलाई वडाले ५ हजार भन्दा बढी अनुदान दिने व्यवस्था गरेको छ, यहाँका जनताहरु आफैपनि विकास निर्माणका लागि सक्रिय देखिन्छन् ।

यसकारणले पनि वडाले महत्वपूर्ण योजनाहरुलाई प्राथमिकता छुट्टाएर काम गर्ने योजना बनाएको छ । वडाले कामहरु गर्दा कार्यक्षेत्रमै गएर त्यहाँको समस्याको बारेमा बुझने गर्छ, जसले गर्दा स्थानीयहरुमा राम्रो प्रभाव परेको छ । वडाले महत्वपूर्ण योजनाका कुराहरुमा पहिलो योजना सामुदायिक विद्यालयको विकासलाई लिएको छ, प्रस्र्याङ पार्कलाई पनि व्यवस्थित बनाउने सुरुवात गरेको छ, प्रस्र्याङदेखि धारापानि, बुलौदी हुँदै जरेवरसम्म पुग्ने बाटो निर्माणमा लागेको छ, मदन स्मृती पार्क बनाउने, ट्राफिक लाइट राख्ने कुरामा जोड, पोखरा वडा ८÷५ र ४÷५ जोड्ने पुलको डिपियार जोड्ने काम, ५०/५० मिटरको दुरीमा स्वल्यार टाइट राख्ने सबै विकास निर्माणका कामलाई व्यवस्थित गरेर अगाडि बढाएका छौ ।

प्रस्तुतिः विनिता सुनार/पोखरा

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.