www.tandavnews.com
Fact ~ In search of truth

फिस फेस्टिवलको तेस्रो दिन

पोखरा,
ताण्डव न्यूज ।

शनिबार देखि सुरु भएको फिस फेष्टिवल आज तेस्रो दिन पनि जारी रहेको छ । तेस्रो दिन माछाका शौखिन फेस्टिबल स्थानमा पुग्ने क्रममा बढेको आयोजकले बताएको छ ।

स्थानिय जातका माछा संरक्षण गर्ने उद्धेश्य सहित बेगनास किनारमा जेठ १३ देखि फिस फेष्टिवल सुरु भएको हो ।

Batas

माछा महोत्सव जेठ २० गते सम्म चल्ने छ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले फेस्टिवलको उद्घाटन गरेका थिए ।

मन्त्री मगरले उद्घाटनमा बोल्दै गण्डकी प्रदेशलाई माछामा आत्मनिर्भर बनाउने बताए । लेखनाथलाई माछाको हवका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउँदै आगामी बर्षमा बजेट व्यवस्था गरिने बताए ।

होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र जिल्ला मत्स्य व्यवसायी समितीको आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विभिन्न जातका माछाका परिकार मुख्य आर्कषणमा रहेका छन्।

माछाका परिकारसँगै स्थानीय कला संस्कृति, कृषि उत्पादन समेत प्रदर्शनमा राखिएको छ।महोत्सवमा व्यवसायीक माछा पाल्नेका लागि जानकारी मुलक स्टल राखिएको छ ।

महोत्सव सम्पन्न गर्न २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ भने २८ लाख आम्दानी हुने विश्वास आयोजकले राखेको छ । महोत्सवबाट बचत हुने रकम बेगनास ताल संरक्षण र सामाजिक कार्यमा खर्च गरिने आयोजकले बताएको ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.