www.tandavnews.com
Fact ~ In search of truth

‘फेन्थेक छनान’ मा नयाँ कमिटी,अध्यक्षमा प्रविण गिरी

पोखरा,
ताण्डव न्यूज ।

‘प्रवासी’ नेपाली एकता मञ्च फेन्थेक छनान कमिटिको सम्पन्न एकिकरण भेलाले नयाँ कमिटी गठन गरेको छ ।

नेकपा सम्बद्ध प्रवास संगठनको आज सम्पन्न एकिकरण भेलाले अध्यक्षमा प्रविण गिरीलाई नियुक्त गरेको छ ।
गिरीको अध्यक्षमा १८ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।

Batas

जसको उपाध्यक्षमा इश्वरीय गुरुङ, सचिवमा भक्त थापा, कोषाध्यक्षमा गंगा प्रजापती चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरिता महर्जन, निराजन भट्ट, मधु पौडेल, सुर्य अधिकारी, गोबिन्द शर्मा, झपिन्द्र,राजकुमार श्रेष्ठ, जीवन पोरखेल, जनक गिरी, दुर्गा गौडेल, कपिल अधिकारी चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा शान्तिकला राइ, जीवन थापा र राजेश बाबु श्रेष्ठ चयन भएको मंचका केन्द्रीय संयोजक पर्शुराम सापकोटाले जानकारी दिए ।

मंचले पार्टिको निर्देशन बमोजिम देशका विभिन्न शाखा कमिटिहरुको एकिकरण अभियान सञ्चालन गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.