www.tandavnews.com
Fact ~ In search of truth

फेरी एकपटक आँखा रसाए …

माधव भुसाल
पोखरा,ताण्डव न्यूज ।

‘तपाइहरुले हुर्काउनु भएको छोरा,तपाइहरुले राजनीति शिक्षा दिनुभएको चेला, तपाइहरुले काँध थाप्नु भएको सिपाही । जुन, देश निर्माणकालागि बाचा गरेर जानुभएको थियो । त्यो बाचा पुरा गर्ने अभियानमा जुटिरहेको अवस्थामा गुमाउनुपर्यो । हाम्रा आँखाहरु रसाए… ।’

Batas

पोखरा २१ निर्मलपोखरी पुगेर विद्या भट्टराईले रविन्द्र अधिकारी सम्झिरहँदा १५ फागुनपछि फेरी एकपटक उपस्थित सबैका आँखा रसाए ।

विद्या भन्दै थिइन् ‘मैले मेरो जिवनमा परिकल्पनै नगरेको कुरा बेहोरे । २० वर्ष अगाडि बिहे गरेर यहि ठाउँमा आए । तपाइहरुले माया दिनुभयो । मलाई लाग्यो म सँग आमाहरु, बाहरु, दिदिबहिनिहरु, दाइहरु हुनुहुन्छ । म सँगै आसु पुछ्न सिङ्गो जनसमुदाय छ । त्यसैको आडमा अघि बढ्छु भन्ने निर्णय गरें । र, आज उम्मेदवारको रुपमा उपस्थित भएकी छु’

आइतबार नेपाल कम्युनिष्ट पार्टी नेकपा पोखरा २१द्धारा आयोजित भवन उद्धघाटन कार्यक्रममा कास्की क्षेत्र नं २ कि उम्मेदवार भट्टराईले जनसमुदायकै साथको कारण उपनिर्वाचनमा उम्मेदवार भएको सुनाइन् ।

‘छलफलमा सुझावहरु आएपछि जिल्लाले मेरो नाम सर्वसम्मत सिफारीस गर्यो । मलाई पनि राजनीतिक सहयोद्धाको हिसाबले जानुपर्छ भन्ने लाग्यो’,उनले भनिन् ‘ समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने अभियानमा अभियान्ताको रुपमा लाग्न चाहान्छु ।’

कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य खगराज अधिकारीले जनताले दिएको ५ वर्ष नपुग्दै अकल्पनीय घटनाका कारण चुनावमा होमीनु परेको उल्लेख गरे । यस क्षेत्रको सडक, खानेपानी लगायतका विकासका पुर्वाधारहरुमा रविन्द्र अधिकारीको उल्लेख्य योगदान रहेको स्मरण गर्दै नेकपा गण्डकीका सह इनचार्ज समेत रहेका अधिकारीले उपनिर्वाचनमा योगदानको कदर स्वरुप सुर्यमै भोट हाल्न आह्वान गरे ।

नवनिर्मित भवनको उम्मेदवार विद्या भट्टराई, नेकपा नेता खगराज अधिकारी, नेकपा पोखरा महानगर अध्यक्ष दीपक पौडेलले संयुक्त रुपमा उद्धघाटन गरे । नेकपा पोखरा २१का अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा कास्की क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारीको निधन भएको थियो । रिक्त पदका लागि मंसीर १४ गते उपनिर्वाचन हुँदैछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.