www.tandavnews.com
Fact ~ In search of truth

फेसबुक च्याटको विषयलाई लिएर बगरमा ‘टिनएजर्स’बिच खुकुरी आक्रमण

पोखरा
ताण्डव न्यूज ।

बगरस्थित नयाँगल्लीमा टिनएजर्स बिच खुकुरी आक्रमण भएको छ । फेसबुक च्याटको विषयलाई लिएर १५ र १६ वर्षे बालकहरुबिच खुकुरी हानाहान भएको हो ।
सोमबार आज दिउसो करिब साढे १ बजे एक टिनएजर्स को समूहले अर्को समूहलाई आक्रमण गरेको हो ।

कास्कीकोट घर भई बागलुङ बसपार्क बस्ने १६ वर्षका विपिन सुवेदी, १६कै दिपेश सेन्चूरी, १७का निकेश पुन, भुवन मगर र लोप्चन राईले अर्को समूहलाई खुकुरीले आक्रमण गरेका थिए ।

Batas

अर्को समूहमा बगर बस्ने १६ वर्षीय विजय लामा, सोही स्थान बस्ने १५ वर्षीय विकास तामाङ,अधेरीकुना बस्ने १७का राजन शर्मा र मिरुवाका १७ वर्षीय मिन भण्डारी छन् ।

आक्रमणमा लोप्चनको औँला काटिएको छ भने विजयको टाउकोमा चोट लागेको छ । फेसबुक च्याटको विषयलाई लिएर खुकुरी आक्रमण भएको श्राेतले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले ताण्डव न्यूजलाई बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.