www.tandavnews.com
Fact ~ In search of truth

फोर्सको नयाँ सोरुम हेटौडामा, फोर्स गाडी किन्नेलाई चार लाखसम्म छुट

हेटौंडा।

फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले नयाँ शाखा विस्तार गरेको छ । प्रालिले हेटौंडामा आधिकारिक सोरुमको सुभारम्भ गरेको हो ।

हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले सोरुम सञ्चालनमा ल्याइएको आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुवबहादुर थापाले बताए ।

आइतबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले हेटौंडा–४ सानोपोखरामा रहेको सोरुमको उद्घाटन गरे ।विगत ५ वर्षदेखि हिमालयन अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स गाडीको आयात तथा बिक्री–वितरण गर्दै आइरहेको छ ।

फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आइरहेको छ । साथै कार्गो किङ्ग पिकअप, ट्राभलर बस, मिनी बसहरु तथा एम्बुलेन्स पनि बजारमा बिक्री गरिरहेको जनाएको छ ।

देशभरका २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स बिक्री भइरहेको प्रबन्ध निर्देशक निरन केसीले बताए । गाडीको काठमाडौंको गैरिधारामा र पोखराको चाउथेमा पनि सोरुम रहेको उनले बताए ।फोर्सले चाडपर्वको अवसरमा ग्राहकलाई विशेष छुटको योजनासमेत ल्याएको छ । फोर्स गाडी किन्ने ग्राहकले करिब चार लाखसम्मको छुट तथा विशेष उपहारहरु प्रदान गर्न सुरु गरेको प्रालिले जनाएको छ ।

गाडीहरुमा तीन लाख किमि वा तीन वर्षको वारेन्टी सुविधासमेत दिइएको हेटौंडा शाखाका प्रबन्धक विशाल भण्डारीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.