www.tandavnews.com
Fact ~ In search of truth

फौजदारी ऐनलाई घरदैलोमा पुरयाउनुपर्नेमा जोड

 

 

पोखरा ।

मुलुकी देवानी तथा फौजदारी संहिता ऐनको विषयमा घरदैलौमा सचेतना गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । २०७४ भदौ १ गतेदेखि लागू भएको “मुलुकी देवानी÷फौजदारी संहिता ऐन २०७४ कार्यविधि” सम्बन्धमा पोखरामा आज शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)गण्डकी प्रदेशद्वारा आयोजित सो गोष्ठीमा वक्ताले सो विषयमा जोड दिएका हुन् ।

Batas

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोग पोखराका निर्देशक दीपकजङ्ग कार्कीले अपराधसंहिता राम्रो रहेको र यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको भए पनि समाजमा अपराध हुन नदिनका लागि सचेत रहनुपर्ने आवश्यकतामाथि प्रकाश पारे ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)का गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले नियम कानूनको विषयमा जानकारी नहुँदा फाइदा लिन नसक्ने भएकाले मुलुकी देवानी तथा फौजदारी ऐनको विषयमा जानकारी हुनुपर्ने विषयमा जोड दिए।

सो संस्था सङ्कल्पका अध्यक्ष सावित्री खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुर्गा न्यौपाने, पार्वती कार्की, सगुन गुरुङ, पत्रकार भीमबहादुर थापा, इन्दिरा पौडेल, सरस्वती हरिजनले महिला हक अधिकारका साथै ऐनको कार्यान्वयन लगायतका विषयमा चर्चा गरेका थिए।

उक्त गोष्ठीमा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट निर्वाचित महिला सदस्यका साथै महिला अधिकारवादी संस्थाका सदस्यको सहभागिता रहेको थियो । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.