www.tandavnews.com
Fact ~ In search of truth

बगरमा ‘पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स’ धुर्मुस र सुन्तलीले गरे उद्घाटन

सुशान्त गाहा मगर,
पोखरा / ताण्डव न्यूज ।

 

पोखरा महानगरपालिका –१ बगर स्थित भिमकालीपाटनमा पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याईएको छ ।

५ करोड लागतमा बगर, सिम्पानी तथा दिप लगायतका ग्राहकलाई लक्षित गरी सो स्टोर्स सञ्चालनमा ल्याईएको हो ।उक्त सटोर्सको हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमीरे (सुन्तली) ले आज (आईतबार) सयुक्त रुपमा बिधिगत उद्घाटन गरे ।

Batas

सो अवसरमा बोल्दै कट्टेलले बगर बासीलाई आधारभुत आवश्यकता पर्ने तथा दैनिक उपभोग्य सामाग्री सहजै पाउने वातारण बनेको बताए । उनले युवाहरु मिलेत सञ्चालनमा ल्याईएको स्टोर्सले सम्पूर्ण ग्राहकको मन जित्न सफल रहनेमा बिश्वास ब्यक्त गर्दै उनले सेवा र गुणस्तरमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

स्टोर्सका प्रबन्ध निर्देशक खेम तिमिल्सिनाले खाद्यान्न, रेडिमेड कपडा, किचन आईटम, कस्मेटिक्स, गिफ्ट सप तथा मदिरा र रेष्टुरेण्ट एउटै छानोमुनी व्यवस्था गरिएको बताए । उनका अनुसार सो स्टोर्स गत भदौ १३ गतेदेखी अनौपचारिक रुपमा सञ्चालनमा रहेको थियो ।

सञ्चालनमा रहेको हप्ता देखीनै राम्रो कारोबार र सेवाग्राहीको सकारात्मक प्रतिक्रिया पाएको उनले उल्लेख गरे ।‘ग्राहकहरुको सकरात्मक प्रतिक्रियाले हामी उत्साहित भएको छौं, उनले भने, ‘हामीले सेवा र गुणस्तरमा ध्यान दिनेनै छौ ।’

तिमिल्सिनाले केही समय पछि पोखराको छोरेपाटन लगायतका स्थानहरुमा समेत शाखा बिस्तार गर्ने लक्ष्य रहेको बताए । त्यस्तै अध्यक्ष कुलदीप भट्टराईले सम्पूर्ण सामान एउटै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य अनुरुप स्टोर्स सञ्चालनमा ल्याईएको बताए । उनले योजना अनुरुप बजारको अध्ययन गरेर व्यवसाय सुरु गरेको उल्लेख गर्दै गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता गरे ।

त्यस्तै अर्का सञ्चालक कुमारप्रसाद बरालले कुनै पनि सामान वेबसाईट मार्फत पनि किनमेल गर्न सकिने व्यवस्था मिलाईएको बताए । उनले पानीपँधेरोस्टोर्स डट कमबाट अनलाइन अर्डर गरेअनुरुप नै डेलिभरी पनि गर्ने जानकारी दिए । करिब ५ करोडको लागत रहेको उक्त स्टोर्समा १५ युवाहरुको संयुक्त लगानी रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.