www.tandavnews.com
Fact ~ In search of truth

बजाजको नयाँ मोडल पल्सर टु हन्ड्रेड एनएस एफआई एबिएस बजारमा

पोखरा ।

बजाजले पल्सर टु हन्ड्रेड एनएस एफआई एबिएस (Pulsar 200 NS FI ABS)को नयाँ मोडल बजारमा ल्याएको छ ।

नेपालमा सर्वाधिक बिक्रि हुने मोटरसाईकल ब्राण्ड बजाजले स्पोर्ट सेग्मेन्टमा नयाँ आयाम थप्नको लागि सो मोडल बजारमा ल्याएको ईच्छाशक्ति अटोमोबाईल्सले जनाएको छ ।  ईच्छाशक्ती अटोमोवाईल्सका बिक्री प्रबन्धकको अनुसार यसमा ४ भल्भ, ट्रिपल स्पार्क १९९.५ सि.सि. डिटियस आई इन्जिनले२४ पिएस पावर प्रदान गर्दछ ।

प्रबन्धकको अनुसार ग्राहकको दैनिक जिवनमा यस मोडलको बाइकले रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्ने विश्वास रहेको छ।यस मोडलको बाइकमा आरामदायी सवारीको सुनिश्चितताको लागि नाइट्रोक्स सन्स्पेन्शन भएको मोनो शक रहेको छ ।

आरामदायी सवारी एवंम अझ राम्रो स्टेवीलिटीको लागि एन्टिलक ब्रेक सिस्टम(एबिएस),अझ राम्रो रोडग्रीप र सुरक्षाको लागि वाइड टयुबलेस टायर, आधुनिक प्रविधि एवं आकर्षक मोडलको डिजिटल मिटर, इन्जिन स्टार्ट हुनासाथ पूरा प्रकाश दिने डिआर एल (लाइटिङ),ओइल कुल्ड, फ्युल इन्जेक्सन सिस्टमबाट राम्रो माईलेज र पिकअप पावर भएको एफ आई जस्ता विशेषता यस बाइकमा रहेको छ ।

सिमित अवधिको लागि पल्सर टु हन्ड्रेड एनएस एफआई एबिएस को मुल्य तीन लाख,५४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।यस मोडलको बाइक हाल रातो, सेतो, कालो र पहेँलो गरी ४ रङ्ग मा उपलव्ध रहेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.