www.tandavnews.com
Fact ~ In search of truth

बजाज एक्सचेन्ज महामेलाः भदौ १७ देखि २१ गते सम्म

पोखरा ।

पोखरामा बजाज एक्सचेन्ज महामेला शुरु हुदैँछ

भदौ १७ गतेदेखि २१ गतेसम्म बजाज महा एक्सचेन्ज मेला हुने भएको छ । पोखरा सभागृह हलमा हुने एक्सचेन्ज महा मेलामा कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साट्न सकिनेछ । एक्सचेन्ज अफरमा मोटरसाइकल वा स्कुटरको न्युनतम् मुल्य ३० हजार रुपैयाँ रहेको छ ।

कुनै पनि मोटरसाइकलको प्रचलित बजार मुल्य भन्दा १५ हजार थप हुने साथै प्रत्येक नयाँ बजाज मोटरसाइकल खरिदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड प्राप्त गर्न सक्नेछन् ।

भविष्यवाणी: किन्नु अघि १ लाख, किनेपछि नि १ लाख !

यसैबीच बजाजले दशैँतिहार अफर ल्याउने भएको छ ।‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ भन्ने श्लोगान सहित बजाजले भविष्यवाणी अफर ल्याएको हो । बजाज सेवाग्राहीले किन्नु अगाडि १ लाख रुपैयाँसम्म एड्भान्स क्यास र किनेपछि पनि १ लाख रुपैयाँसम्म क्यास प्राइज जित्न सक्नेछन् ।

बजाजको मोटरसाइकल  खरिद गर्ने प्रत्येक ग्राहकले खरिद अघि र खरिदपश्चात क्यास जित्न सक्ने इच्छाशक्ति अटोमोबाईल्स प्राइभेट लिमिटेडले जानकारी दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.