www.tandavnews.com
Fact ~ In search of truth

बजेटका विरुद्ध सत्तापक्षका सांसदले सुरु गरे हस्ताक्षर संकलन

पोखरा ।

बजेटका विषयलाई लिएर सत्तापक्षकै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा असन्तुष्टि व्यक्त गर्दै बजेटका विरुद्ध सत्तापक्षकै प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका छन् ।

Batas

सत्तापक्षका प्रदेशसभा सदस्यहरुले आइतबार गरेको छलफलको निर्णय अनुसार उनीहरुले हिजो देखि बजेट विरुद्ध हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

सरकारले प्रतिपक्षीको माग पुरा गर्ने तयारी गरिरहँदा सत्तापक्षभित्रै भने यस्तो असन्तुष्टि बढेको हो । प्रदेश सरकारले अपारदर्शी र वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली  काँग्रेस र राष्ट्रिय जनता पार्टीले सुरुदेखि नै विरोध गर्दै आएका छन् ।

यही विषयलाई लिएर प्रदेश सरकार र प्रतिपक्षीबीच पटक–पटक वार्ता भइसके पनि निष्कर्षमा भने पुग्न सकेको छैन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.