www.tandavnews.com
Fact ~ In search of truth

बजेट अभावमा थन्कियो पाङराङको एम्बुलेन्स

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

आवश्यक बजेटको अभाव भएपछि पर्वतको फलेवास नगरपालिका ११ पाङराङमा रहेको एम्बुलेन्स चार बर्षदेखि थन्किएको छ ।

सदरमुकाम कुस्माबजारबाट ५ घण्टा भन्दा बढीको पैदल अथवा झण्डै २ घण्टा लामो सवारीको यात्राबाट मात्र पाङराङ आउजाउ हुन्छ । बजारको पहुँचबाट टाढा रहेको गाउँमा कोही पनि आकस्मिक बिरामी परेमा डोको वा स्ट्रेचरमा बोकेर फलेवास वा कुस्मासम्म ल्याउनुपर्ने बाध्यता थियो ।

Batas

पाङराङमा सडक सुबिधा पुगेपछि जीपहरु संचालनमा त आए । तर ती जीपहरु बिरामीको भन्दा पनि आप्mनो समय अनुसार चल्ने भएका कारण बिरामीहरुले राहतको अनुभुति गर्न सकेनन् । यही कारण पाङराङमै घर भएका तत्कालिन प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको पहलमा सासद विकास लम्सालले संसद विकास कोषबाट एम्बुलेन्स गाउँमा लगिएको थियो । केही समय चलेको एम्बुलेन्सको टायर पन्चर भयो, वर्षौँसम्म थन्कियो, हालै मर्मत गरेर ल्याइएको भए पनि एम्बुलेन्स भने चल्न सकेको छैन् ।

एम्बुलेन्स नै बिरामी परेका कारण पाङराङकी गीता कँडेल बिरामी पर्दा पटक–पटक स्ट्रेचर र डोकोमा चढेर उपचारको लागि सदरमुकाम कुस्मासम्म आएकी छन् । उनको सम्झनामा रहे अनुसार झन्डै ४ वर्षको अवधिमा गाउँमा रहेको एम्बुलेन्सले २÷३ पटकसम्म मात्र बिरामी ओसारेपछि स्थानीय स्वास्थ्य चौकीको प्राङ्गणमा थन्किएको छ । ‘एम्बुलेन्स हुँदा पनि स्ट्रेचरमा चढेर उपचारको खोजीमा जानुपरेको छ । गाउँमा भएको साधन चलिदिए यहाँका मान्छेलाई सजिलो हुने थियो ।’ उनले भनिन्, ‘गाउँबाट चल्ने जिपहरू आप्mनो समयमा हिँड्छन्, बिरामीहरूको चाहना अनुसार चल्दैनन् । जिप नचलेको बेलामा डोको र स्ट्रेचरमै जानुपर्ने बाध्यता छ ।’ गाउँमा रहेको एम्बुलेन्स नै बिरामी जस्तै भएर थन्किएपछि गाउँका बिरामीहरूलाई अहिले पनि डोको र स्ट्रेचरमा ओसानुपर्ने बाध्यता छ । गाउँमा मोटरबाटोको सुविधा भएपछि बिरामी पर्दा सजिलो होला भनेर लगेको एम्बुलेन्स नै थन्किएका कारण पाङराङ र आसपासको क्षेत्रका धेरै बिरामी समस्यामा छन् ।

गाउँमा कोही पनि बिरामी पर्दा समयमै सुविधाजनक तरिकाले अस्पताल सम्म लैजानका लागि गाउँमा एम्बुलेन्स ल्याइएको भए पनि एम्बुलेन्स आँपैm बिग्रिएर थला परेपछि नागरिकहरूले गाउँमा भएको एम्बुलेन्सको मर्मत नगर्दा नागरिकले सास्ती पाएको भन्दै दुखेसो पोख्छन् । ‘पहिले पनि त्रिपालै ओढेर बसेको थियो, पोहोर बनाएर ल्याएका हुन फेरि पनि त्रिपालै ओढेर बसेको छ। हामी नागरिकले त के गर्न सक्छौँ र ?’ स्थानीय ७० वर्षीय नरबहादुर सुनार भन्छन्, ‘एम्बुलेन्स किन चलेन ? भनेर प्रश्न राखौँ भन्दा गाउँ सभा नै हुँदैन। वडाध्यक्षलाई एक दुई पटक गाडी चलाउन प¥यो भनेका हौँ । ड्राइभर खोज्दै छौँ भन्नुभएको हो । अहिलेसम्म पनि ड्राइभर नपाएर नै एम्बुलेन्स नचलेको होला ।’

पाङराङका वडाध्यक्ष शेरबहादुर सुनारले नगरपालिकाको विधान अनुसार चल्दा लामो समय लागेको र अब छिट्टै सञ्चालनमा ल्याउन लागिएको बताए । वडामा जाने बजेटका कारण गाउँमा रहेको एम्बुलेन्स सेतो हात्तीको रूपमा रहेको उनको तर्क छ । ‘चलाउन मन नभएको कहाँ हो र? अहिले मर्मत गरेर ल्याएका छौँ । चालकको खोजी भइरहेको छ, छिट्टै चल्छ ।’ एम्बुलेन्स सञ्चालन गराउन किन सक्नुभएन ? भन्ने प्रश्नमा उनले भने, ‘नगरपालिकाको बजेटमा सीमा छन् । हामीलाई नगरपालिकाले खर्चको व्यवस्था गर्न सकेको छैन् । वडामा सुको पैसो छैन, यसलाई चाहिने खर्चपर्च कसरी धान्ने ? नगरपालिकाको जिन्सी शाखामा दर्ता नभएका कारण नगरपालिकाले एम्बुलेन्सको सञ्चालनमा केही गर्न नसक्ने बताउँछ ।’ गाउँमा रहेको एम्बुलेन्स थन्किएको देख्दा आपूmलाई पनि पिडा भएको बताउँदै उनले अब गाउँबाट व्यक्तिगत रूपमा पैसा उठाएरै भए पनि एम्बुलेन्स तत्काल सञ्चालनमा ल्याउने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.