www.tandavnews.com
Fact ~ In search of truth

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

Batas

मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।

हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।

परियारका दुई छोरा र एक छोरी छन् ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.