www.tandavnews.com
Fact ~ In search of truth

बढी भाडा असुल्नेलाई जरिवाना

दमौली ।

चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जरिवाना गरेको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको ना४ख ९५१३ नं को बसले यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले उक्त सवारीलाई जरिवाना गर्दै बढी भाडा यात्रुलाई फिर्ता गराएको हो ।

Batas

शुभ अधिकारी ट्राभल्सले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिँदै अर्कै बसमा यात्रु राखेको पाइएपछि कारवाही गरिएको ट्राफिक इञ्चार्ज कृष्ण क्षेत्रीले बताए।

पोखरा देखि काठमाडौँ सम्मको भाडा ५सय रुपैँया मात्र भए पनि यात्रुसँग ६ सय र ७ सय रुपैँया सम्म भाडा असुलेको पाइएको उनले जानकारी दिए ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.