www.tandavnews.com
Fact ~ In search of truth

बढेको बढ्यै सुनको भाउ, तोलाको ७२ हजार पाँच सय

काठमाडौं ।

सुनको भाउ बढेको बढ्यै छ।

सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड बन्न थालेको छ। साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुनको भाउ ७२ हजार २ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.