www.tandavnews.com
Fact ~ In search of truth

बढ्दै एचआइभी सङ्क्रमित

बर्दिवास ।

महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो ।

सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा सङ्क्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिए । सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका थिए ।

सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरु सङ्क्रमित भएको पाइएको छ । “सङ्क्रमित ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केको पाइएको छ,” उनले भने । सङ्क्रमितमध्ये पाँच बालबालिका छन् ।

“सङ्क्रमित बढीजसो भारत र मलेशियाबाट फर्केकाहरु छन्,” पौडेलले भने । यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.