www.tandavnews.com
Fact ~ In search of truth

बतास सहित १०० कम्पनीले तिरेनन कर, १५ दिनमा नतिरे नियम अनुसार असुली गरिने

पोखरा,

ताण्डव न्युज ।

पोखराको महेन्द्रपुलमा रहेको बतास ब्रदर्स सहित १०५ वटा ब्यवसायिक फर्महरुले आन्तरिक राजस्व कार्यालय पोखरामा बक्यौता कर रकम दाखिला नगरेको पाइएको छ ।

Batas

बतास सहित १०५ वटा कम्पनीहरुले बक्यौता कर (मुल्य अभिवृद्धि कर र अन्तरशूल्क) रकम दाखिला नगरेपछि नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व विभाग पोखराले आइतबार पोखराबाट प्रकाशित एक दैनिक पत्रिकामा कर दाखिला गर्न आग्रह गर्दैै सूचना प्रकाशित गरेपछि कर नतिरेको पाइएको हो । आन्तरिक राजस्व कार्यालयले १५ दिने सूचना जारी गर्दै कर दाखिलाको लागि सम्पर्क गर्न र यदि कर तिरे त्यसको प्रमाण ल्याउन पनि सूचनामा भनिएको छ ।

कर नतिरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको प्रक्रिया अनुसार, मुल्य अभिबृद्धि करको हकमा मूल्य अभिबृद्धि कर २०५२ दफा २१ (१) तथा अन्तशूल्क ऐन २०५९ को १७ (१) अनुसार कर असुली हुनेछ । त्यस्तै अन्तशूल्क नियमावली २०५८ को नियम ९ (१) बमोजिम कानुनी कारबाहीको प्रक्रिया अपनाएर कर असुल गरिने आन्तरिक राजस्व कार्यालय पोखराले सूचनामा उल्लेख गरेको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराले जारी गरेको १५ दिने सुचना

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.