www.tandavnews.com
Fact ~ In search of truth

बरोअप लण्डन बार्नेटका काउन्सेलर गुरुङलाई पोखरामा सम्मान

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

बरोअप लण्डन बार्नेटका काउन्सेलर लक्ष्य बहादुर गुरुङलाई ताङतिङ दुध पोखरी समाज पोखराले सम्मान गरेको छ ।

कास्कीको ताङतिङ गाउँमा जन्मेर बैदेशिक रोजगारका लागि बेलायत रहेका गुरुङ बरोअप लण्डन वार्नेटका काउन्सेलर उपमेयर पदमा निर्बाचित भएको भन्दै पोखरामा समाजले सम्मान गरेको हो ।

Batas

सोमबार आयोजित एक कार्यक्रमका बिच काउन्सेलर गुरुङलाई समाजका अध्यक्ष सुबेदर मेजर हेम बहादुर गुरुङ तथा महिला उद्यमी लक्ष्मी शर्माले गुरुङलाई खादा, माला, भाङ्ग्रा तथा बख्खु सहित ताम्रपत्रले सम्मान गरे ।

सो अवसरमा बोल्दै उपमेयर गुरुङले धन्यवाद सहित खुशि ब्यक्त गरे । उनले आफु जन्मेको ठाउँमा आउदा अकल्पनिय सम्मान पाएको भन्दै समाज प्रति आभार प्रकट गरे । गुरुङले निश्चित बिद्यामा निरन्तर संघर्ष गरेको खण्डमा सफलता मिल्ने बताउदै त्यसैको प्रतिफल आज आफुले पाएको समेत उल्लेख गरेका थिए ।

कार्यक्रममा दुध पोखरी तमु समाज महिला समितिका पुर्व अध्यक्ष बाल कुमारी गुरुङ, महिला उद्यमी लक्ष्मी शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । उक्त सम्मान कार्यक्रममा मनोरन्जनात्मक तथा बिबिध सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

समाजका अध्यक्ष सुवेदार मेजर हेम बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा द्धित्तिय उपाध्यक्ष चन्द्र माया गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सचिब कुमारी देवी गुरुङले कायक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.