www.tandavnews.com
Fact ~ In search of truth

बलात्कारी भारतीय सद्रे आलम पक्राउ

संजय रेग्मी

पर्वत ,ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल फलेवासमै बसोबास गर्दै आईरहेका २२ बर्षिय सद्रे आलम रहेका छन् ।

आलमले फलेवास नगरपालिका ५ खानीगाउँकी एक जना १३ बर्षिया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको थियो । फरार रहेको भन्ने सुचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई पर्वतबाट नै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । आरोपित आलमलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त आलमले किशोरीलाई गएको साउन १७ गते दिउसो साढे २ बजे अर्की एक महिलाको कोठामा र अन्य समयमा आफ्नै कोठामा पनि ललाई फकाई बिभिन्न प्रलोभनमा पारेर करणी गरेको खुलेको छ । आलमलाई हिजो पर्वत जिल्ला अदालतवाट यौनजन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा थप अनुसन्धानको लागी ५ दिन म्याद थपेर अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.