www.tandavnews.com
Fact ~ In search of truth

बसको चक्काले च्याप्दाँ लामाचौरका इन्द्र घाईते

पोखरा ,
ताण्डव न्यूज ।
बेनीमा बसको चक्काले च्यापिदाँ १ जना घाईते भएका छन् ।

बेनी नगरपालिका –८ क्याम्पसचोक नजिकै ध १ ख ४७० नम्बरको बसको चक्काले च्याप्दाँ पैदल यात्री पोखरा लामाचौरका ईन्द्र बहादुर तिलीजा घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
९० वर्षीय तिलीजाको खुट्टा बसको पछाडिको चक्काले च्यापेको हो । घाईते तिलीजालाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ ।

यसैबीच स्याङजामा बसको ठक्करबाट पैदल यात्री घाईते भएका छन् । भिरकोट नगरकोट नगरपालिका –१ स्थित सिदार्थ राजमार्गमा लु २ ख ७८३ नम्बरको बसको ठक्कर बाट सोही स्थानका ६८ वर्षीया लिला के.सी घाईते भएकि हुन् ।

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.