www.tandavnews.com
Fact ~ In search of truth

बसको ठक्करबाट घाईते भएका बुढीबजारका टीकाराम तिमिल्सिनाको मृत्यु

कास्की ।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मङ्गलबार राति करीब ८ः४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ग६प ३०२९ नंको मोटरसाइकलमा सवार तिमिल्सिना ठक्करबाट घाइते भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याइएको थियो । ठक्कर दिने बस र चालकको पहिचान भइनसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.