www.tandavnews.com
Fact ~ In search of truth

बस दुर्घटना पाँचको मृत्यु,५१ घाईते

कावासोती ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मा बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ ।

नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा भएको दुर्घटना मा कम्तीमा ५१ जना घाइते भएका छन् ।

Batas

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले बताए । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए।

दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.