www.tandavnews.com
Fact ~ In search of truth

बहिराको पक्षमा आवाज उठाउँछु :सांसद पहारी

पोखरा ।

पोखराको लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको आयोजनामा पन्ध्र दिने सांकेतिक भाषा पुनर्ताजगी तालिम सम्पन्न भएको छ । तालिममा ३४ जना सहभागी रहेका थिए । तालिमका प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद राजिव पहारीले बहिराको हक हितको पक्षमा सदैव आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गरे ।

शिक्षक रुद्र पहारी र साबित्री बरालले बहिरा बिद्यालयको इतिहासमा पहिलो पटक बहिरा शिक्षण मैत्री तालिम प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बरालले तालिममा सिकेका कुरा कक्षा कोठामा प्रयोग गर्नुपर्ने कुरामा जोड दिए ।

Batas

कार्यक्रममा छात्रबास व्यवस्थापन समितिका संयोजक ऋषि राम पौडेल , शिक्षक अभिभावक संघका सदस्य सिद्धीमान केसि ,लामाचौर अपांगता स्वाबलम्बन समाजका अध्यक्ष रमेश कार्की , लगायतको उपस्थिति थियो ।

सामान्य तालिम भन्दा फरक प्रकृतिको यो तालिमले बहिरा अपांगता भएका विद्यार्थीहरुलाइ पठाउने शिक्षकहरुको क्षमता अभिबृद्दि गर्नका लागी निकै प्रभावकारी रहेको विद्यालयकी प्रधानाध्यापक अनिता सिग्देलले बताइन । सिर्जना बहिरा बिद्यालयमा हाल ४६ जिल्लाका २६४ जना बहिरा अपांगता भएका विद्यार्थीहरु अध्ययनरत छन ।

नयाँ शैक्षिकसत्रका लागी भर्ना अभियान सञ्चालन भइ रहेको जानकारी दिइएको छ । प्रधानाध्यापक अनिता सिग्देलका अनुसार छरछिमेक कतै कान नसुन्ने मुख नवोल्ने बालबालिका भएमा निशुल्क आवास सुबिधा सहितको व्यवस्था रहेको छ ।

पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा समाबेशी शिक्षा विशेषज्ञ डाक्टर बाबुराम ढुंगानाले प्रशिक्षण दिएका थिए ।तालिम सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्मा र शिक्षक किरण श्रेष्ठले सञ्चालन गरेका हुन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.