www.tandavnews.com
Fact ~ In search of truth

बाँझो जग्गा लिजमा लिई ब्यसायिक खेती गर्दै महाशिला गाउँपालिका

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।
कृषकलाई सताएपछि बाँदरलाई पक्राय गरी राष्ट्रिय निकुञ्जमा पठाएको महाशिला गाउँपालिकाले अब बाँझो जग्गा ‘लिज’मा लिएर ब्यवसायिक खेतीपाती गर्ने भएको छ ।

गाउँपालिकाको पाँचौ गाउँसभाले पारित गरेपछि गाउँपालिकाभित्र बाँझीएको जग्गालाई लिजमा लिईने र बिभिन्न खेतीहरु ब्यवसायिक रुपमा गरिने गाउँपालिकाका प्रमुख राजु पौडेलले बताए ।

‘गाउँमा रहेको उत्पादनयोग्य भूमि बाँझिएर गएको छ, यसलाई प्रयोगमा ल्याउने भनेर गाउँसभाबाट पारित भएको छ ।’ उनले भने, ‘हामीले समृद्धिका कुरा गरेर मात्र समृद्ध बन्न सकिँदैन, यसका लागि कामै नै गर्नुपर्छ, त्यो हामीले अब शुरु गर्न लागेका छौँ ।’

गाउँपालिकाले यसअघि नै एक घर एक रोजगार कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिकामा रहेको खाली जग्गामा खेती लगाउँदा गाउँका यूवाहरुले नै रोजगारी पाउने भएका कारण एक घर एक रोजगार कार्यक्रमलाई सघाउ पुग्ने गाउँपालिकाको विश्वास छ ।

बसाईसराईँका कारण गाउँका जग्गा बाँझो बन्दा उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्नका लागि पनि यो योजना महत्वपूर्ण रहेको गाउँपालिकाको प्रवक्ता जीवउचै ठकुरीले बताए । ‘बाँझो भएको जमिनलाई सदुपयोग गरेर राम्रो कामको थालनी गर्न लागेका छौँ ।

सकेसम्म निशुल्क त्यो नभएपनि सस्तो मूल्यमा लिने छौँ ।’ उनले भने । ठकुरीका अनुसार भाडामा लिइएको जमिनलाई ब्यापारिक प्रतिष्ठान, सहकारी र स्थानिय कृषक समुहलाई समेत भाडामा दिएर काम गर्न लगाईने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.