www.tandavnews.com
Fact ~ In search of truth

बाकेमा चार किलो अफिमसहित तीन जना पक्राउ

बाँके ।

चार किलो अफिमसहित प्रहरीले नेपालगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रदेश नं ५ प्रहरी ब्यूरोको टोलीले नेपालगञ्जको न्यूरोडस्थित कान्तिपुर गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको डाँडागाउँका २८ वर्षीय बालकृष्ण थापा, २६ वर्षीय डम्बर थापा र रोल्पाको थवाङ गाउँपालिकाका २७ वर्षीय दुख रोकाय रहेका छन् ।

बरामद गरिएको अफिमसहित तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.