www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका भूकम्पपीडितलाई घर बनाउन लालपुर्जा

गलकोट।

०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ ।

भूकम्पले क्षति पुर्याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै भासिएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले चौथो भूकम्प स्मृति दिवसका अवसरमा पीडित दश परिवारलाई एकमुष्ट लालपुर्जा हस्तान्तरण गरेको हो ।

भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका दश दलित परिवारलाई घर निर्माणका लागि लालपुर्जा उपलब्ध गराइएको आयोजना प्रमुख इञ्जिनीयर रामाशीष साहले बताए।

“भूर्गभ विभागको अध्ययनपछि बस्ती स्थानान्तरण गर नजीकै रहेको सुरक्षित जमीनमा एकीकृत घर निर्माणका लागि जग्गा खरीद गरी लालपुर्जा हस्तानतरण गरिएको छ”, शाहले भने, “डिपिआर विस्तृत अध्ययन प्रतिवेदन बनाइसकेपछि बस्ती निर्माणको कार्य अगाडि बढ्नेछ ।”

“भूकम्प गएको ४ वर्षसम्म अरूकै घरमा आश्रित छौँ”, पीडित चिन्ते दमैले भने, “लालपुर्जा हातमा आउँदा घर बन्ने आशा पलाएको छ ।” जग्गा खरीद गर्न प्रतिपरिवार दुई लाख, पूर्वाधार निर्माणका लागि चार लाख तथा नमूना बस्ती निर्माणका लागि तीन लाख गरी प्रतिपरिवार नौ लाख खर्च लाग्ने शाहले बताए ।

बस्तीमुनि तथा माथिबाट लोकमार्ग निर्माण भएको र भूकम्पले जमीन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको निष्कर्षपछि बस्ती निर्माणको कार्यअगाडि बढेको वडाध्यक्ष शिव कँडेलले बताए । घर निर्माण गर्ने लालपुर्जा पाउँदा पीडित खुशी देखिन्थे । लालपुर्जा वितरण सङ्घीय सांसद डा सूर्य पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.