www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा महायज्ञ लगाएर विद्यालयको पुःननिर्माण

गलकोट ।

बागलुङ जिल्लाको सदरमुकामस्थित विद्यामन्दिर माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गरी सुविधासम्पन्न गरिएको छ । जीर्ण अवस्थामा रहेको विद्यालय भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएपछि विद्यालय पुःननिर्माण गरेको हो ।

पुनःनिर्माणका लागि आवश्यक रकमको अभाव भएका कारण विसं २०७३ कात्तिक ३ देखि १० गतेसम्म धान्याञ्चल महायज्ञको आयोजना गरी रकम जुटाइएको थियो । साविक धवलागिरि अञ्चलकै पुरानो सामुदायिक विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको सुविधासम्पन्न भवनमा अध्ययन गर्न पाउँदा विद्यार्थीलाइै निकै सहज भएको छ ।

Batas

विद्यालयमा २६ कोठे सुविधासम्पन्न भवन चार करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले बताए। धान्याञ्चलमा एकै व्यक्तिले अधिकतम १५ लाखसम्म सहयोग गरेक थिए । पुनःनिर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयले ६० लाखसमेत सहयोग गरेको विद्यालयका प्रधानध्यापक जगन्नाथ आचार्यले बताए ।

विसं २०६१ मा कक्षा ११ र १२ मा साविक धवलागिरि अञ्चलकै पहिलो विज्ञान सङ्काय शुरूआत गरेको विद्यालयले हाल शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायको पढाइ सञ्चालन गराउँदै आएको छ ।

नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा अहिले एक हजार २०० विद्यार्थी अध्ययनरत छन् ।विसं १९९७ मा शिक्षासेवी ओमप्रसाद गौचन र मेघकुमार वैद्यले स्थापना गरेको पुरानो सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने योजनामा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.