www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा ‘स्वस्थ जीवन’ अभियान

बागलुङ ।

‘स्वस्थ जीवन’ अभियानअन्तर्गत गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर र योग शिविर सञ्चालन गरेको छ ।

निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट ३०४ ले सेवा लिएका छन् । धौलागिरि अञ्चल आयुर्वेद औषधालय, बागलुङमा शिविर चलेको थियो ।

Batas

“बिरामीको निःशुल्क जाँचसहित औषधि पनि वितरण गर्र्यौँ”, औषधालयका प्रमुख हरि पौडेलले भने, “५० जनाले प्रयोगशाला सेवा पनि लिनुभएको छ ।” शिविरमा पोखरादेखि आएका विशेषज्ञ आयुर्वेद चिकित्सक कमल शर्मा, कमलराज अधिकारीलगायतले बिरामीलाई सेवा प्रदान गरेका थिए ।

बिहीबारदेखि शुरु भएको योग शिविर भने आजसम्म चल्नेछ । स्वस्थ जीवनयापनमा सघाउने उद्देश्यले मन्त्रालयले निःशुल्क योग शिविर सञ्चालन गरेको हो ।

शिविरमा योग गुरु डा. योगी विकासानन्दले सहजीकरण गरिरहेका छन् । योग साधनाका विधिबारे शिविरमा प्रशिक्षण भइरहेको सहभागी कोपिला कँडेलले बताए । “योगका माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ रहने उपायबारे राम्रो सिकाइ भएको छ”, उनले भने। शिविरमा दैनिक ४०० को सहभागिता छ ।

मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रर्वद्धनमा जोड दिएको छ । सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने मन्त्रालयाको उद्देश्य छ । “नसर्ने रोगको औषधि नै योगा हो”, योगी विकासानन्दले भने, “स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.