www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ नगरको बजेट १ अर्व १ करोड ५७ लाख

अर्जुन कार्की,
ताण्डव न्यूज ।

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्ब १ करोड ५७ लाखको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बुधवार प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासतर्फ १२ करोड ७६ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १५ करोड, संघीय सरकारबाट प्राप्त शिक्षा र स्वास्थ्यतर्फका सशर्त कार्यक्रमका लागि ३६ करोड २४ लाख विनियोजन गरेको छ ।

Batas

सामाजिक सुरक्षा वृत्ति कार्यक्रमका लागि १८ करोड, समग्र वडास्तरीय आयोजनाका लागि ७ करोड ९३ लाख, सामाजिक विकासतर्फ ५ करोड २४ लाख र नगरपालिकाको निर्माणाधीन आधुनिक बसपार्कका लागि ५ करोड १५ लाख विनियोजन गरिएको छ ।

यस्तै नगरपालिकाले कृषि क्याम्पस सञ्चालनका लागि ९० लाख, नगरको शिक्षा विकास तथा गुणस्तरीय शिक्षा कार्यक्रममा २ करोड ५० लाख, जनस्वास्थ्य कार्यक्रमका लागि ५८ लाख, खेलकुदको लागि ३४ लाख, नगर खानेपानी आयोजनाका लागि १ करोड ६५ लाख र आर्थिक विकासतर्फ १ करोड ६० लाख छुट्ट्याएको छ ।

यस्तै नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा आन्तरिक राजश्व ५ करोड रुपैयाँ, राजश्व बाँडफाँडबाट १५ करोड ३० लाख २८ हजार १ सय ५४ रुपैयाँ, वित्तिय समानीकरण अनुदान १७ करोड ७७ लाख ५५ हजार रुपैयाँ र सशर्त अनुदान ३६ करोड ३४ लाख रुपैयाँ आम्दानी हुने जनाएको छ ।

नगरपालिकाले यस वर्षपनि बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.