www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ बडिगाडका महिलाद्धारा श्रमदानमा सामुदायिक भवन

बलेवा ।

बागलुङको बडिगाड गाउँपालिकाका महिलाले आफ्नै सक्रियतामा सामुदायिक भवन निर्माण गरेका छन् ।

समुदायमा हुने हरेक क्रियाकलाप सञ्चालनका लागि सामुदायिक भवनको आवश्यकता महसुस गर्दै महिलाले बडिगाड गाउँपालिका–३ सिसाखानीमा सामुदायिक भवन बनाएका हुन् ।

Batas

आमा समूहमार्फत् श्रमदान जुटाएर भवन निर्माण थालेका महिलालाई वडा कार्यालयले दुई लाख अनुदान दिएको थियो । भवन निर्माणका लागि आमा समूहको नेतृत्वमा साविक सिसाखानी वडा नम्बर १ का प्रत्येक घरधुरीले ८० प्रतिशत जनश्रमदान गरेका समूहका अध्यक्ष ललिता रानाले जानकारी दिए । ६५ परिवारको बसोबास रहेको उक्त क्षेत्रमा बनेको सामुदायिक भवनका कारण स्थानीयलाई सामाजिक क्रियाकलाप सञ्चालनमा सहज हुनेछ ।

झण्डै तीस जना महिला आबद्ध रहेको आमा समूहले गाउँमा हुने विवाह, व्रतबन्ध, पूजापाठलगायतका कार्यक्रममा नाचगान गर्दै रकम सङ्कलन गर्दै आएका थिए । श्रमदान र वडा कार्यालयले दिएको अनुदानबाट अपुग रकम आफ्नै सञ्चितकोषबाट खर्च गरेको अध्यक्ष रानाले जानकारी दिए ।

मगर बस्तीको रुपमा चिनिएको उक्त ठाउँका महिलाले आगामी दिनमा महिला सशक्तीकरण, घरेलु हिंसालगायतमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको समूहका सक्रिय सदस्य धनमाया पुनले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.