www.tandavnews.com
Fact ~ In search of truth

बारपाकमा राजदूतद्वारा पिउनेपानी आयोजना हस्तान्तरण

गोरखा।

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ राङरुङमा निर्माण सम्पन्न पिउनेपानी आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि फिनल्याण्डका राजदूत पोटी एन्टिनेटले मङ्गलबार सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरे । उक्त आयोजना कूल आठ लाख १५ हजारमा निर्माण भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।

युनिसेफको सहयोगमा निर्माण भएको सो आयोजनाबाट त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । भूकम्पपछि खानेपानीको समस्या हुँदा त्यहाँ पिउनेपानीको आयोजना निर्माण गरिएको हो । युनिसेफ र श्री स्बारा सघन गाउँ विकास केन्द्र गोरखाको साझेदारीमा सो आयोजना निर्माण सम्पन गरिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.