www.tandavnews.com
Fact ~ In search of truth

‘बिग बास ’छोडेर गए सन्दीप बङ्गलादेश

 

काठमाडौँ ।

नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् ।

अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ ।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए । जारी लिगको चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता पनि गराइसकेका छन् । उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए ।

रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.