www.tandavnews.com
Fact ~ In search of truth

बिग बास लिगका लागी सन्दीप अष्ट्रेलिया प्रस्थान

काठमाडौँ ।

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग९इपिएल०मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ लागेका हुन् । शनिबारको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्स विरुद्ध दुई तथा आइतबार चितवन टाइगर्सविरुद्ध तीन विकेट लिएका थिए ।

सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्न लागेका हुन् । बिग बास लिग पुस ४ गतेदेखि शुरु हुँदैछ । बिबिएलभन्दा अगाडि नै बङ्गलादेश प्रिमियर लिग बिपिएलमा अनुबन्ध भइसकेका सन्दीपले बिबिएलको केही खेले खेलेर बङ्गलादेश जाने छन् । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत आबद्ध भइसकेका छन् ।

इण्डियन प्रिमियर लिग ९आइपिएल० खेलेपछि विश्वभर चर्चित बनेका सन्दीपले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० क्यानडा लिग, अफगानिस्तान प्रिमियर लिग र टी–२० लिग खेलिसकेका छन् । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.