www.tandavnews.com
Fact ~ In search of truth

विन्ध्यवासिनी मन्दिरमा ‘नवदुर्गा महोत्सब’ हुने

सुशान्त गाहा मगर,
पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेशकै ठुलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सब–२०७६ आयोजना हुने भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समितिको अयोजनामा आगामी १२ गते (घटस्थापना) देखी नवमी सम्म उक्त महोत्सब आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।समितिका सचिब तीर्थ श्रेष्ठले सो महोत्बसको शुभारम्भ शोभायात्रा मार्फत गरिने बताए ।

Batas

उनले नवकन्या आरुढ नौ रथ, बिन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, बिभिन्न आमा समुहहरु, सामाजिक धार्मिक तथा जातिय साँस्कृतिक बैंक तथा बित्तिय संस्थाहरु, शैक्षिक संस्थाहरु, भजन समुहहरु र वाणिज्य तथा बस्तुगत सँघहरुको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सब सुरु गरिने बताए । उनले महोत्सब अवधिभर रात्रिकालिन आरती समेत गरिने बताए ।

नवमीसम्म सञ्चालन हुने सो महोत्सबमा युवा पण्डित नारायण देवकोटाले संगीतमय झाँकी सहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गर्ने बताए । श्रेष्ठका अनुसार प्रत्येक दिन बिहान ९ देखी १२ बजे सम्म र मध्यान्नदेखी अपरान्ह ४ बजे सम्म महायज्ञ हुनेछ ।

उनले बिजयादशमीको दिन बिहान ४ बजेतदेखी नित्य पूजा आरम्भ र्भई ५ बजेबाट भक्तजनहरुका लागि खुला गरिने श्रेष्ठले बताए । त्यसपश्चात वाल गोपाल भजन मण्डल तथा विन्ध्यवासिनी महिला भजन समुहबाट भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.