www.tandavnews.com
Fact ~ In search of truth

बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’

काठमाडौँ ।

भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ ।

सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो ।

चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको छ । त्यस्तै, जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण हुन लागेको छ । २०३७ सालमा फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन स्थापना भएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले स्टेशन निर्माण भएपछि नेपालभरका भूकम्पको डाटा मापन गर्न सहज हुने बताए । “धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पको समेत मापन गर्न सहज हुन्छ,” उनले भने । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि नेपालमा चार रिक्टर स्केलभन्दा माथिका ५०० भन्दा बढी र चार रिक्टर स्केलभन्दा साना ५० हजारभन्दा धेरै भूकम्प गइसकेको केन्द्रले जनाएको छ ।

हाल राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिँदै आइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.