www.tandavnews.com
Fact ~ In search of truth

बुद्ध एयरले शुरु गर्दै नेपालमै पहिलो पटक अपांगमैत्री उडान

पोखरा,
ताण्डव न्यूज ।

बुद्ध एयरले नेपालमै पहिलो पटक अपांगमैत्री उडान शुरु गर्ने भएको छ ।

नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धले अपाङ्ग तथा बिरामी यात्रुलाई मध्यनजर गर्दै भर्याङ र ह्विलचियरको व्यवस्था गर्ने भएको हो । नेपालमै यो पहिलोपटक नयाँ प्रविधि भित्रिन लागेको हो । बुद्धको अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा उक्त प्रविधि जडान हुनेछ ।

Batas

अपांगमैत्री ह्विलचियर जहाजको ग्याप सिटमा सजिलै राख्न सकिने खालको रहेको बुद्ध एयरले जनाएको छ । यो सेवा छिट्टै शुरु हुने बुद्धले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.