www.tandavnews.com
Fact ~ In search of truth

बुलबुलको ‘खुद्राखाद्री’ गीत नयाँ शैलीमा सार्वजनिक हुँदै

पोखरा ।

चलचित्र बुलबुल युनिटले ‘खुद्राखाद्री’ बोलको गीत कार्तिक १५ गते ‘फ्लास मुब’ शैली अपनाएर सार्वजनिक गर्ने तयारी गरेको छ ।

टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चलचित्र बुलबुल चर्चामा रहेको छ । एउटा गीतको काम बाँकी राखेको चलचित्र युनिटले हालै मौसम खुलेपछि चारदिन लगाएर छायाँकन सम्पन्न गरेको हो । सोही गीत सार्वजनिक गर्न लागेको हो । गीत सार्वजनिक कार्यक्रम नेपालका पाँच सहरमा एकसाथ विशेष कार्यक्रमका बिच हुनेछ ।

Batas

काठमाडौको काठमाडौं मल अगाडि, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा १५ गते बिहिबार दिनको ३ बजे एकै समयमा बजारमा चलचित्रको गीतमा सय भन्दा बढी छरिएर बसेका डान्सरले अचानक नाच्नेछन् र बजारमा सामान्य तरिकाले यात्रा गरिरहेकाहरु अचानक के भयो भनेर अचम्मित हुने छन् ।

निर्माण पक्षले यो शैली संभवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमा नौलो भएको र यसको प्रयोगको चर्चाको विषय हुने विश्वास लिएको छ । बजारमा नाचे सँगै युटयुव र मिडियाहरु मार्फत पनि एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरस सहित गीतको कोरियोग्राफीक विराज गहतराजले गरेका हुन । करोड क्लवका कोरियोग्राफर गहतराजले बुलबुलको खुद्राखाद्री मायाले बोलको गीतको काम असाध्यै रमाईलो माहोलमा सकिएको र यस गीतले पुन एकपटक आफ्नो करियरमा नयाँ उचाई थप्ने बताए । यस गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

चलचित्रका निर्माता अविरल थापाले गीत छायाँकनमा जम्मा १८ लाख खर्च भएको र गीत यति रमाईलो छ कि दर्शक श्रोताको कानमा परेपछि र नाच हेरेपछि जो कसैले पनि कम्मर नभाँची र हातखुट्टा नहल्लाई बस्नै नसक्ने दावी गरे । उनले प्रेमील भावमा रचिएको गीत सबैको मुखमुखमा झुण्डिने र बजारमाआफनो चलचित्रको गीतले तरंग ल्याउने र नयाँ रेर्कड कायम गर्न सक्ने पनि बताए । सो गीतमा स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको जोडदार नृत्य र नयाँ नयाँ ठूम्का हेर्न पाईनेछ ।

चलचित्रका निर्देशक विनोद पौडेलले पटकपटक बुलबुल चलचित्र मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र थप केही सशक्त नयाँ कलाकार चलचित्र उद्योगले पाउने दावी गर्दै आएका छन् । नायिका स्वस्तिमा खडकाले स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन् ।

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रमा अविरल थापा लगायतको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायाँकन सुसन प्रजापतिले गरेका हुन् । चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते चलचित्र रिलिज हुने सार्वजनिक गरिसकेको छ भने त्यसअघि भ्याएसम्मका विश्वका मुख्य फिल्म महोत्सवहरुमा सहभागी भईसक्नेछ ।

के निर्माण टोलीले भनेजस्तै बुलबुलले चलचित्र नगरीमा नयाँ फड्को मार्छ त त्यो भने प्रतीक्षाकै विषय भएको छ ?

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.