www.tandavnews.com
Fact ~ In search of truth

बुलबुलको ट्रेलरमा स्वस्तिमाको अनेक रुप (भिडियो सहित )

 

 

पोखरा ।

नयाँ नयाँ शैलीमा प्रचार गर्दै आएको चलचित्र बुलबुलको ट्रेलर सार्वजनिक भएको छ । स्वस्तिमा खडकालाई ट्याम्पु ड्राईभरको भूमिकामा अभिनय गराएर सुरुबाटै चर्चामा रहेको बुलबुलको ट्रेलरमा स्वस्तिमा खड्कासँगै नवअभिनेता मुकुन भुषाल रहेका छन् ।

Batas

सार्वजनिक ट्रेलरमा यसअघि कहिल्यै कतै देख्न नपाईएको स्वस्तिमा खडकाको कलात्मक तवरले छाँयाकन गरिएको नुहाईरहेको र चुरोट तानिरहेको न्यूड सिन पनि देखिएको छ । ती दृश्यले चलचित्र बुलबुलमा स्वस्तिमाले के चाँहि गरेकी छिन् त भनेर थप कौतुहलता थपेको छ । त्यसैगरि नवअभिनेता मुकुन भुसालको जीवन्त अभिनय र उनले बोल्ने पश्चिमी नेपालको लवजले चलचित्र रोचक बनेको प्रतित हुन्छ ।

चलचित्रको ट्रेलरमा देखिएकी अर्की नायिका लक्ष्मी बर्देवाको अभिनय पनि स्वाभाविक र चरित्रार्थ देखिन्छ । ट्रेलरको दोस्रो भागमा चलचित्र रमाइलो मात्र हैन गम्भीर पनि छ भनेर प्रमाणित गर्ने संवाद र दृश्य देखाईएको छ ।

चलचित्र निर्देशक विनोद पौडेलले ट्रेलर मार्फत आफुले चलचित्रको बनौट,कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको बताएका छन् । उनले थप्दै भने यो चलचित्र जति रमाईलो छ उत्तिकै गम्भीर पनि छ यसले दर्शकहरुको मन हुँडल्ने र दिमाग रन्थनाउने कुरामा म विश्वस्त छु ।

निर्माता अविरल थापाले अभिनेत्री स्वस्तिमा खडका अर्को चलचित्रको छाँयाकनका कारण नेपाल आउन नसकेपछि विना कार्यक्रम एकैचोटि युट्युव मार्फत ट्रेलर सार्वजनिक गर्नु परेको जानकारी गराए । स्वस्तिमा आईसकेपछि संचारकर्मीहरुलाई डाकेर ट्रेलरको प्रतिक्रिया लिने र अन्तक्रिया गराउनेछौं उनले भने ।

यस अगावै सार्वजनिक दुई टिजर र स्वस्तिमा खडकाले आफनै पात्रसँग कुराकानी गरेको प्रचारात्मक दृश्य सामग्रीबाटै चलचित्र बुलबुलका दुई पात्र चोपेन्द्र र रनकला दर्शकमाझ परिचित भईसकेका छन् । उनीहरुको सिको गर्दै दर्शकहरुले टिकटकमा हजारौं भिडियो बनाईसकेका छन् ।

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्री ,उदगम परियार र मणिकला पौडेलले गरेका छन् ।

चलचित्रमा अविरल थापा लगायतको लगानी छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायाँकन सुसन प्रजापतिले गरेका हुन् । चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते चलचित्र रिलिज डेट सार्वजनिक गरिसकेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.